१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

जनताका समस्या समाधान गर्न सरकारलाई अध्यक्ष प्रचण्डको अनुरोध

३१ चैत, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गर्नुभएको छ ।

आज चितवन पत्रकारसँग कुरा गर्दै उहाँले शिक्षक, डाक्टर, नर्स, लघुबित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरु आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरुलाई नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ सङ्कल्प जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार ११:५२