१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

सर्वसाधारणका लागि महालक्ष्मी विकास बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

३१ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड केही सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहतर्फको १५ लाख १४ हजार २५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ । सो सेयर खरिदका लागि इच्छुक योग्य जुनसुकै व्यक्ति तथा कम्पनीले आगामी वैशाख १४ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले सेयर खरिदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताका लागि दिनुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १०:४३