४ बैशाख २०८२, बिहीबार | Thu Apr 17 2025

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर माग गर्दै सर्वोच्चमा रिट

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शुक्रबार रवि पत्नी निकिता पौडेल शुक्रबार सर्वोच्चमा रिट निवेदन दिनुभएकाे हाे ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशविरुद्ध रास्वपा सर्वोच्च पुगेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार १४:५५