दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
२९ चैत, काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । प्रहरीले झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर प्रसाईंलाई चन्द्रगढीबाट जहाजमा काठमाडौं ल्याइएको थियो ।
प्रसाईंलाई त्रिभुवन विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई जिल्ला अदालत काठमाडौं लगिनेछ ।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार १४:२१