४ बैशाख २०८२, बिहीबार | Thu Apr 17 2025

नेपाल ल्यूब आयलले हकप्रद सेयर जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

२९ चैत, काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको हकप्रद सेयर जारी गर्न एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार १३:५२