सूर्य थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाउने प्रतिप पक्राउ
२९ चैत, काठमाडौं । नेकपा (एमाले)का सांसद एवं पोलिटब्यूरो सदस्य सूर्य थापालाई मध्यरातमा धम्काउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका वडा नं ११ सालझण्डीका प्रतिप पन्त रहेका छन् ।
पन्तले थापालाई मध्यरात(११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी “Life on threat cancel Rupandehi” पठाएका थिए । थापाले सामाजिक सञ्जालमार्फत आफुलाई धम्कीपूर्ण एसएमएस लेखी पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिनुभएको छ ।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार १२:११