४ बैशाख २०८२, बिहीबार | Thu Apr 17 2025

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद कति ?

२९ चैत, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २९ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश अब नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीका लागि वितरण हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार ११:५४