दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ
२९ चैत, काठमाडौं । दुर्गा प्रसाईंसँगै उहाँका अंगरक्षक दीपक खड्का पनि पक्राउ पर्नुभएको छ । प्रसाईंसँगै उहाँका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँहरूलाई आजै बिहान काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइएको छ। अब झापास्थित भद्रपुर विमानस्थलबाट उहाँहरूलाई फ्लाइटमा काठमाडौँ ल्याइने प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार ११:३४