प्रधानमन्त्री ओली आज बुटवल जाँदै
२९ चैत,काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाँदै हुनुहुन्छ । पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न ओली बुटवल जान लाग्नुभएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल जान लाग्नुभएको हो । सभापूर्व बुटवलबाट भैरहवासम्म मोटरसाइकल र गाडीको र्याली गरिने नेकपा एमाले, रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार ०९:५०