सर्वसाधारणका लागि सानिमा रिलायन्स लाइफको १५ लाख ७४ हजार कित्ता सेयर बिक्रीमा
२९ चैत, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक समूहतर्फको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुलाइ अनुरोध गरेको थियो । तर सो समयमा संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार ०९:३५