४ बैशाख २०८२, बिहीबार | Thu Apr 17 2025

यूनिटक हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

२९ चैत, काठमाडौं ।  यूनिटक हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले आगामी वैशाख २० गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको वित्तीय एवं कार्ययोजनको विशेष प्रस्ताव पारितलगायतका प्रस्ताव पारित हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार ०९:१५