सांग्रिला डेभलपमेन्ट बैंकको १४ हजार कित्ता सेयर बिक्रीमा
२९ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी काठमाडौंको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । साथै, उक्त मितिभित्र सो सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार ०९:०५