३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

दुर्गा प्रसाई पक्राउ परेको समाचार झुटोः नेपाल प्रहरी

२८ चैत, काठमाडौँ । विभिन्न समाचारमा तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई पक्राउ परेको समाचार झुटो रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी महानिरीक्षकको सचिवालयले एक विज्ञप्ति मार्फत पक्राउको समाचार झुटो रहेको भन्दै खण्डन गरेको हो ।

केही सञ्चार माध्यमले दुर्गा भारतको आसाममा पक्राउ परेको भनेर सूचना सार्वजनिक गरेका थिए । त्यसको खण्डन गर्दै महानिरीक्षकको सचिवालयले प्रहरीको फारर सूचीमा रहेको प्रसाइको खोजी जारी रहेको तर पक्राउ परिनसकेको जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार २३:१८