२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२८ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा झरेको छ।

उक्त दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ३५ करोड ९४ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड २९ लाख १८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३० करोड ५० लाख ४५ हजार रुपैयाँ, सिइडिबी होल्डिङको २९ करोड २२ लाख ४६ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २६ करोड ५६ लाख रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:54