त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
२८ चैत, काठमाडौं । कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत गर्नुभएकाे छ ।
बिहीबार बरालको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बराल २०८० फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त हुनुभएको थियो।
प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार १५:३९