१६ बैशाख २०८२, मंगलवार | Tue Apr 29 2025

दुर्गा प्रसाईं अन्तिममा नक्कली सामन्तको तलुवा चाट्ने मुर्गा बन्योः सूर्य थापा

२७ चैत, काठमाडौँ । नेकपा (एमाले)का सांसद एवं पोलिटब्यूरो सदस्य सूर्य थापाले दुर्गा प्रसाईं अन्तिममा नक्कली सामन्तको तलुवा चाट्ने मुर्गा बनेको बताउनुभएको छ । बुधबार अबेर प्रसाईंले आफ्नो ज्यान असुरक्षित रहेका कारण नेपालभित्रै लुकेर बसेको भन्दै भिडियो सन्देश जारी गरेपछि सांसद थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले दुर्गा प्रसाईंको नाम नै मुर्गा प्रसाईं लेख्दै यस्तो उल्लेख गर्नुभएको छ,

विचरा मुर्गा प्रसाईंलाई ज्यानको माया लागेछ,
खासमा यो मान्छे प्रहरीका लागि चरि, घैटे जस्तैजस्तै हुन/बनाउन पनि नालायक कुपात्र होला। फलत: सास न लास दुबै नभेटिएको हुनुपर्छ। डराउन्न/ भाग्दिनँ भन्थ्यो,अहिले घ्याम्पोभित्र लुकेर हिम्मतकासाथ बसिरहेको छु भन्दैछ ! लादेनजस्तो बन्ने इच्छा गरेको होला,अनपढ पटमूर्ख त्यस्तो कसरी बन्नु? गालीगलोज यस्को असली परिचय हो। यो आफै दुर्गा होइन, पालैपालो प्रयोग हुने र अन्तिममा नक्कली सामन्तको तलुवा चाट्ने मुर्गा बन्यो।

सविन र सुरेशका परिवारले यस हत्याराको गोहीको आँसु र रकम स्वीकार्ने छैनन्। गरिबका छोरा मारेर/ जिँउदै जलाएर बडो पैसाको धक्कु लगाउँदो रहेछ! पाँच लाख दिएर बदलामा यसले आफ्नो ज्यान सुरेश रजकलाई जस्तो जिउँदै जलाउन दिन तयार छ? लाखौं नेपालीले यो प्रश्न गरिरहेका छन्।

यसका बारेमा पूर्व सांसद कमलराज श्रेष्ठले रूरू क्षेत्र, गुल्मीबाट घतलाग्दो सुझाव लेख्नुभएको छ- “यो मान्छेलाई पक्रन हुन्न।भागेको भाग्यै, लुकेकोलुक्य‌ै गरोस् । म डराउँदिनँ भन्दै डराएकोडरायै गरोस् । म हराउँदिन भन्दै हराएकोहरायै गरोस्। यस्ता उडिया, साहुमारा, पुङ्माङ्का पछि लाग्दा कति धोका हुन्छ भन्ने कुरा यस्ताको पछि लाग्नेले थाहा पाउनेछन् । पक्रेर थुन्ने हो भने यस्का साहानबाहानले यसलाई ‘हिरो’ बनाउने छन् । यसले फेरि पनि जनतालाई मूर्ख बनाउने बहाना पाउने छ!”

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार २३:२०