लागूऔषधसहित पक्राउ परे अमृत भण्डारी र श्रीकृष्ण सत्याल
२७ चैत, काठमाडाैँ । सशस्त्र प्रहरीले करीव ५ किलो पोलाइण्ड नामक लागूऔषधसहित काभ्रेको वनेपा–८ स्थित बसपार्क ईलाकाबाट चैत्र २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ । काभ्रेको धुलिखेल नगरपालिका–६ बस्ने २८ वर्षिय अमृत भण्डारी र सोही नगरपालिका–४ बस्ने ३० वर्षिय श्रीकृष्ण सत्याललाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरीका सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले दैनिकीलाई जानकारी दिनुभयो ।
उनीहरुलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेले सोही ठाउँको सेकुवा सेन्टर तथा नेवारी खाजाघरबाट ५ पोका पोलाइण्ड नामक लागूऔषधसहित नियन्त्रणमा लिएको हो । साथै उनीहरुले प्रयोग गरेको बा ३८ प १४८१ नम्बरको मोटरसाईकल समेत बरामद भएको छ ।

नियन्त्रणमा लिईएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहिको लागि सम्बन्धित निकायमा बुझाईएको छ । यसअघि सशस्त्र प्रहरी बलले यही चैत्र १४ गते काठमाडौ महानगरपालिका–९ सिनामंगलबाट ७ किलोग्राम तथा फागुन १ गते काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौ महानगरपालिका–३२ कोटेश्वरबाट ५/५ किलोग्राम पोलाइण्ड नामक लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिई सम्बन्धित नियकायमा बुझाएको थियो ।
प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १८:१२












