नेप्सेमा १४ अर्ब ३९ करोड बराबरको बोनस शेयर सूचीकृत
२७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १४ अर्ब ३९ करोड बराबरको बोनस शेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणअनुसार नेप्सेमा उक्त रकम बराबरको बोनस शेयर सूचीकृत भएको हो ।
साथै यो अवधिसम्ममा १३ अर्ब ९२ करोड बराबरको साधारण शेयर, रु ५ अर्ब ६२ करोड बराबरको हकप्रद शेयर, रु १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु ८ करोड ७३ लाख बराबरको एफपीओ र रु ३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु ३९ अर्ब २३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १७:५५