२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

नेप्सेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ७५ लाख कित्ता आईपीओ सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली बिहीबा धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ । कारोबारका लागि कम्पनीलाई सीआरईएसटी स्टक टिकर प्रदान गरिएको छ।

प्रकाशित मिति : 14:19