गोर्खाज फाइनान्सको कामु सीइओमा दिपक न्यौपाने नियुक्त
२७ चैत, काठमाडौं । गोर्खाज फाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपक न्यौपाने नियुक्त हुनुभएको छ । बुधवार बसेको कम्पनी संचालक समितिको बैठकले न्यौपानेलाई कामु सीइओको जिम्मेवारी नियुक्त गरेको हो । सीइओ पदमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि उहाँलाई कामु सीइओमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।
केही महिनादेखि कम्पनीको सीइओ पद रिक्त छ । हाल कामु सीइओको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जान लाग्नुभएको छ । त्यसकारण उहाँको ठाउमा न्यौपानेलाई जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।
न्यौपाने कम्पनीमा तीन वर्षदेखि बरिष्ठ प्रबन्धकमा कार्यरत हुनुहुन्छ । अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गर्नुभएको न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव रहेको छ ।
प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १२:५८