१४ बैशाख २०८२, आईतवार | Sun Apr 27 2025

विन नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

२६ चैत, काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्ममा २ अर्ब ३३ करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको एफपीओमा अन्तिम दिन चैत २६ गते साँझ ५ बजेसम्ममा १९ लाख ७४ हजार ७०९ जना आवेदकहरुले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ता सेयरका लागि आवेदन दिएको छन् । यो आवेदन मागभन्दा ४५५.९१ गुणा बढी हो ।

कम्पनीले चैत २१ गतेदेखि ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गरेको हो।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १७:४९