२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

नेप्सेमा थप २ लाख ९९ हजार कित्ता बोनस सेयर सूचिकृत

२६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समता घरेलु लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस बापतको २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।

प्रकाशित मिति : 15:47