१४ बैशाख २०८२, आईतवार | Sun Apr 27 2025

नेप्सेमा झिनो अंकको गिरावट, तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

२६ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । मंगलबार बजार ३.४४  अंकले घटेर २६६६.६१ को बिन्दुमा पुगेर बन्द भएको छ । आज १ करोड ६ लाख ४३ हजार कित्ता सेयर किनेबच हुँदा ५ अर्ब ३० करोडको सेयर कारोबार भएको छ ।

यस दिन १२१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १२३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज तीन वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यस दिन बोतलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ । (यसअघिको शिर्षककमा नेप्सेमा सुधार भएकोमा सच्चाइएको छः सम्पादक)

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १५:३१