१४ बैशाख २०८२, आईतवार | Mon Apr 28 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२६ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । मंगलबार बजार ३.४४  अंकले घटेर २६६६.६१ को बिन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५९ करोड १४ लाख ४२ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ४० करोड ६५ लाख ८२ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको २३ करोड १३ लाख ३ हजार रुपैँया, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ५० लाख ६५ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको १८ करोड ३ लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १५:२०