समता घरेलु लघुवित्तको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
२६ चैत, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ हजार ७९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ।
प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १२:३८