सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
२६ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले केही संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ ।
यो सेयर खरिदका लागि सर्वसाधारण जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले वैशाख ९ गतेसम्ममा आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेखेर काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन पेश गर्नुपर्ने छ । सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार ०९:५५