स्वरोजगार लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
२६ चैत, काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले केही कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । सो सेयरमा कम्पनीका संस्थापक सेयरधनीमात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
साथै, तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार ०९:४३