विन नेपाल लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ?
२५ चैत, काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा मागभन्दा ३९१.७० गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको एफपीओमा चैत २५ गते सोमबार साँझसम्ममा १६ लाख ९३ हजार ८५९ जना आवेदकबाट २ अर्ब ९१ लाख २५ हजार रुपैयाँ बराबरको २ करोड ९१ हजार लाख २५० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा ३९१.७० गुणा बढी हो ।
कम्पनीले चैत २१ गते बिहीबारदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ बिक्री खुला गरेको थियो। कम्पनीको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो एफपीओमा चैत २६ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।
यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ ।
प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १८:०१