ट्रेड टावरले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति
२५ चैत, काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्न अनुमति पाएको छ ।
कम्पनीले २०७९ असार १४ गते बोर्डमा आईपीओ बिक्रीका लागि अनुमति मागेको थियो । ३२ महिना पछि कम्पनीले आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरको ३९ करोड ७१ लाख रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ ।
प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १७:४५