३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

२५ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा जीवन विकास लघुवित्त, कालिका लघुवित्त, नगारिक लगानी कोष र राधि विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बापतको १८ लाख ८६ हजार ५२६.४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, कालिका लघुवित्तको ९.५० प्रतिशत बोनस बापतको ३ लाख ५३ हजार ७०५.६५२५ कित्ता, नगारिक लगानी कोषको ७ प्रतिशत बोनस बापतको ४२ लाख ४० हजार ३७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

साथै, राधि विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ८ लाख ३३ हजार ९०४.७० कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै अब यी कम्पनीको बोनस सेयरहरु मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १६:१८