३३.३३ अकंले घट्यो सेयर बजार, ५ अर्ब ६५ करोडको कारोबार
२५ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३३.३३ अकंले घटेर २६७०.०६ बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको १ करोड १४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९० प्रतिशत, विकास बैंक समूहको १.२६ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३७ प्रतिशतले सेयरमूल्य घटेको छ । घटेको बजारमा यस दिन बुटवल पावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.७५ प्रतिशतले बढेको छ । यस्तै यसदिन हिमालयन पावर पार्टनरको सेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ । (यसअघि शिर्षकमा अन्यथा भएकोले सच्चाइएको छ, सम्पादक)
प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १५:२०