काठमाडौं महानगरका कर्मचारीले पाए रोकिएको तीन महिनाको तलब
२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । विगत ३ महिनादेखि रोकिएको महानगरका कर्मचारीले आज तलब पाएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालय जानुभएको थियो । बिहीबार कार्यालय हाजिर गर्नुभएको गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिनुभएको थियो ।
प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १४:४०