२ बैशाख २०८२, मंगलवार | Tue Apr 15 2025

नयाँ वर्षमा सीजीको योजना: ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक

२५ चैत, काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजीले आफ्नो लेभल अप! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन् ।

जसमा ६१ हजार ८०० सम्म क्यासब्याक, पक्का उपहारहरूमा सीजी मेरिडिया गुगल टीभी (६५-१०० इन्च) को खरिदमा २.१ स्पिकर, सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा २ केजी एरियल पाउडर र फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा ६ केजी एरियल पाउडर प्राप्त गर्नेछन् ।

साइड-बाई-साइड र मल्टि-डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर ग्राइन्डर, डिशवाशरको खरिदमा डिशवाशर किट र एयर कन्डिसनरको खरिदमा नि:शुल्क इन्स्टलेसन सेवा पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ। नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजी ले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ।

लामो समय देखि सीजीले उत्कृष्ट बिक्रीपछिको सेवा, उच्च ग्राहक सन्तुष्टि र विश्वस्तरीय प्रविधिद्वारा ग्राहकहरूको मन जित्दै आएको छ। देशभरका प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरी, सीजीले आफ्ना ग्राहकहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १३:१५