२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

राष्ट्र बैंकले आज बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने

२५ चैत, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबार बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

२३ दिन अवधीका लागि राष्ट्र बैंकले उक्त रकम उठाउन लागेको हो। उक्त ३५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले २०८२ बैशाख १७ गते फिर्ता पाउनेछन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रकाशित मिति : 12:57