रवि लामिछाने कारागार चलान
२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान हुनुभएको छ । रूपन्देही जिल्ला अदालतले लामिछानेलाई सोमबार भैरहवा कारागार चलान गरेको हो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतको आदेश लगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट पक्राउ पर्नुभएको थियो ।
प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १२:१४