बुटवल पावरको एफपीओ रद्द, अब हकप्रद निष्कासन गर्ने
२५ चैत, काठमाडाैं । बुटवल पावर कम्पनी लिमिटेडले एफपीओ रद्द गरेर हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीको चैत २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले प्रिमियम मूल्यमा एक करोड कित्ता एफपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।
त्यस्तै बैठकले हकप्रद सेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव पेश गर्नका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ छ । चुक्ता पूँजीको ४० प्रतिशतले हुने एक अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद जारी हुने भएको हो ।
प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार ११:२९