२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

अष्ट्रेलियामा नेपाली छोरीको क्रिकेटमा सफलता

एडिलेड । प्रवासमा नेपालीको संख्या मात्र बढेको छैन । यहा शैक्षिक देखी खेल क्षेत्रमा एक माथी सफलता थप्दै गएका छन् ।

नेपालले क्रिकेट खेलमा प्रगति गरे संगै,  क्रिकेटको विश्वकै अग्रणी मानिने अष्ट्रेलियामा नेपाली खेलाडीहरु शिर्ष खेलहरुमा स्थान जमाउन थालेका छन् ।

यहि क्रममा नेप्लिज क्रिकेट एशोशियसन (एन्का)की खेलाडी इभाशा श्रेष्ठले साउथ अष्ट्रेलियाको १४ बर्ष मुनीको टिममा पर्न सफल भएकी छिन् ।

इभाशाले जुलाई ६-१२ सम्म वेस्टन अष्ट्रेलियाको पर्थमा हुने राष्ट्रिय इन्डोर क्रिकेट प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने भएकी छिन् । यो नेपाली मुलका खेलाडीहरुले अष्ट्रेलियामा छनौट भएको उच्च तह हो ।

श्रेष्ठले ६ बर्षको उमेरमा एन्कामा आबध्द भएर खेल्न सुरु गरेकी हुन् भने हाल उनी एन्काको १४ मुनीको महिला टिमकी कप्तान हुन् । भने ग्लेनेल डिस्ट्रिट क्लव र म्यारियन क्रिकेट क्लवको अन्डर १२ की खेलाडी समेत हुन् ।

इभाशा गत वर्ष साउथ अष्ट्रेलियाको विद्यालयहरु राज्य स्तरिय टिमको छनौट २६ जना भित्र पर्न सफल भएकी थिईन ।

२०१४ मा अष्ट्रेलियामा जन्मेकी श्रेष्ठ बाबु उज्जव श्रेष्ठ र आमा विद्या महर्जनकी जेठी सुपुत्री हुन् । ६ बर्षको उमेरमा नै उलवर्थ क्रिकेट वलास्ट माफर्त क्रिकेट मैदानमा प्रवेश गरेकी उनी सानैबाट क्रिकेट प्रति आर्कषण रहेको र आफु पनि क्रिकेट प्रति रुची भएकाले उनको खेल यात्रा अगाडि बढेको बताउछन् बाबु उज्जवल श्रेष्ठ, उहाको भनाई छ `अवसर पाएको भए आफु पनि केहि गर्थेकी क्रिकेटमा भन्ने थियो तर अब छोरी त्यहिबाटोमा अगाडि जादै छ म खुशी छु ।´

`हामी दुवै आमा बाबु नै उसको खेलमा प्रगतिका लागेका छौ हाम्रो विश्वास छ उनले भविष्यमा पनि राम्रो गर्छिन् ´ श्रेष्ठको भनाई रहेको छ ।

एडिलेड नेप्लिज क्रिकेट एशोशियसनका अध्यक्ष तथा प्रशिक्षक समेत रहेका विजय जोशीले इभाशामा छिट्टै सिक्ने गुण भएको बताउछन् । क्रिकेट अष्ट्रेलियाका बहुसास्कृतिक दुत समेत रहेका जोशीले इभाशालाई आफ्नो उमेर समुह र छात्राहरुको टिम भन्दा पनि ठुला र छात्रहरुको टिम जसमा आफ्नो मुकाविला बलियो संग होस भन्ने सोच भएकाले पनि यो सफलता मिलेको बताउछन् । अध्यक्ष जोशमा  यो ईभाशाको सफलता  प्रारम्भीक चरण भएको बताउदै भविष्यमा माथिल्लो तहमा पुग्ने विश्वास रहेको छ ।

पर्थमा हुने प्रतियोगिताका लागि इभाशालाई खर्चहरुका लागि यहा रहेका नेपाली व्यवसायी संस्थाहरु एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, लिभेबिलिटी केयर अष्ट्रेलिया र डोको टुर्सले सौजन्य गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आईतवार १७:४८