रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
२२ चैत, काठमाडाैँ । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा उठाउन उच्च अदालतले आदेश गरेको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउन आदेश गरेको हो ।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हाे ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । सहकारी ठगीको अनुसन्धानको सिलसिलामा कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका थिए ।
उनी एक करोड रूपैयाँ धरौटी लिने आदेश बदरको माग गर्दै उच्च पुगेका थिए ।
प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार १९:४९