एलजीको नयाँ वर्ष अफरः ४० ० प्रतिशतसम्म क्यासब्याक, सामान खरिदमा पक्का उपहार
२२ चैत, काठमाडाैँ । नेपालमा ४० वर्षसम्म उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एल.जी नेपालले आफ्नो सफल यात्राको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा एलजी” भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४० प्रतिशत सम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। एल.जी नेपालका उच्चस्तरीय तथा स्मार्ट उत्पादनहरू टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उपकरणहरूमा यो योजना लागु हुनेछ।
यस योजनाअन्तर्गत उपभोक्ताहरूले पाउन सक्ने सुविधाहरुः
-४० प्रतिशतसम्मको क्यासब्याक
-प्रत्येक खरिदमा पक्का उपहार
-अन द स्पट ईएमआई र एक्सचेन्जको सुविधा
LG ThinQ टेक्नोलोजीद्वारा संचालित स्मार्ट उपकरणहरू मार्फत एल.जी नेपालले नेपाली उपभोक्ताको जीवनशैलीलाई अझ सहज र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ। सिजी इलेक्ट्रोनिक्सका मार्केटिङ् तथा कम्युकेसन हेड गौरव हमालले भने, ४ दशकसम्म हामीमाथि भरोसा गरेका सम्पूर्ण नेपाली परिवारप्रति हाम्रो कृतज्ञता प्रकट गर्न नयाँ वर्षको अवसर पारेर यस योजना ल्याइएको हो।भविष्यमा पनि नवीन प्रविधि र भरपर्दो सेवामार्फत उपभाेक्ताहरू संगकाे सम्बन्धलाई अझ मजबुत बनाउन यो योजना एल.जी शोरूम, अधिकारिक डिलर र सि.जी डिजिटल का सम्पूर्ण शाखाहरूमा लागु हुने कम्पनीले जनाएको छ। यो योजना चैत्र २१ गतेदेखि सीमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुनेछ । नेपालभर विभिन्न सहरहरूमा एलजीका शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।
प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार ११:२७