२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

विन नेपाल लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ? यस्तो छ अपडेट

२२ चैत, काठमाडाैं । विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साझसम्ममा कम्पनीको एफपीओमा १०.७३ गुणा बढी आवेदन परेको छ । कम्पनीको एफपीओमा ४ लाख ५९ हजार २६ आवेदकबाट ५५ करोड ४ लाख ५ हजार रुपैयाँ बराबरको ५५ लाख ४ हजार ५० कित्ताका लागि आवेदन परेको हो ।

संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकम बराबर प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ जारी गरेको हो ।एफपीओको निष्कासन बन्द छिटोमा चैत २६ गते र ढिलोमा वैशाख ४ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रकाशित मिति : 09:28