एक बैंकको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
२२ चैत, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सेयधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । बैंकले गत आर्थिक बर्ष २०८०/८१ का लागि पारित ३ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको हो ।
बैंकले चैत १४ गतेदेखि उक्त बोनस सेयर बुक क्लोज हुनुभन्दा अगाडि अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । साथै,भौतिक रुपमा सेयर धारण गरेकालाई आफ्नो सेयर अभौतिकीकरण गर्न समेत बैंकले आग्रह गरेको छ ।
प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार ०९:१५