२० लाख नगदसहित महाबौद्धबाट तिब्बती महिला पक्राउ
२१ चैत, काठमाडौं । २० लाख नगदसहित काठमाडौंबाट एक जना चिनियाँ नागरिक पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तिब्बत घर भई काठमाडौंको बौद्ध बस्ने २६ वर्षीया रिक्शी वाङ्मो रहेकी छिन् । वाङ्मोलाई प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले बुधबार काठमाडौं महानगरपालिका-२७ महाबौद्धबाट २० लाख ९२ हजार नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
उनीबाट एक हजार दरको ११ लाख ८३ हजार रुपैयाँ र ५ सय दरको ९ लाख ९ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार १७:५७