२६ चैत्र २०८१, मंगलवार | Tue Apr 8 2025

सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने सुरेश बौद्धबाट पक्राउ

२१ चैत, काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै रु ३२ लाख ठगी गरेको अभियोगमा पक्राउ गरी एक जनालाई सार्वजनिक गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरेशले सर्बिया पठाइदिने भन्छु भन्दै पाँचजना पीडितहरूबाट रु ३२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको हो ।” पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले बताउनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार १७:२०