१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

दीपक मनाङे प्रदेससभा छिर्न पाएनन् , सपथ नगराउने सभामुख अधिकारीको निर्णय

२२ पुस, पोखरा । दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ लिन नपाउने भएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार सपथ गराउन नमिल्ने निश्कर्ष निकालेपछि उनकाे सपथ राेकिएकाे हाे । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले मनाङेलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए ।


मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् । सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँथ छलफल तथा राय मागेका थिए । मनाङेले १२ गते एक व्यक्तिमार्फत प्रदेशसभामा सपथको माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।

मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।

मनाङे सपथको माग गर्दै सर्वोच्च जान सक्ने छन् । गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वाचित भएका थिए ।

 

 

 

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार १५:३१