सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख कित्ता बढी सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
२१ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले केही कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी आवेदन दिन सक्नेछन् । उक्त मितिभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार ०९:४७