२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

सर्वसाधारणका लागि कुमारी बैंकको सेयर बिक्रीमा

२१ चैत, काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज चैत २१ गतेदेखि १ हजार ४३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

यसअघि बैंकले एक सूचना जारी गर्दै सो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको थियो । तर उक्त समयमा  विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार ०९:२९