चितवन समाजले नयाँ वर्षमा भित्ते पात्रो विमोचन गर्दै, पात्रोको विशेषता के के छन् ?
एडिलेड । चितवन समाज साउथ अस्ट्रेलियाले नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर बैशाख १ तदनुसार १४ अप्रिल सोमवार शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम आयोजना गर्ने भएको छ।
स्थानिय एक्टिभ एल्डल्स एशोसियसनको हलमा साँझ ४:०० कार्यक्रम शुरु हुने भएको छ । नेपाली अधिकारिक सम्बत विक्रम संम्वत २०८२ को पहिलो दिन यहा रहेको नेपाली समुदाय विच शुभकामना आदान प्रादान गरेर भाईचारा बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष उत्तम अधिकारीले बताउनु भयो ।
कार्यक्रम संयोजक विकास चापागाईले नेपाली चाड पर्व हेर्न सजिलो हुने गरि पात्रो तयार पारिएको बताउनु भयो । उहाले कार्यक्रम स्थलमा नि शुल्क वितरण गरिने पात्रोले बर्ष भरिका पर्व अनुसार योजना बनाउन सक्ने बताउनु भयो । नेपालबाट आउनु भएका अभिभावकहरुलाई विशेष महत्व राख्ने तिथि उल्लेख गरिएको र विवाह देखी भातखुवाई सम्मका शुभ दिन उल्लेख हुने बताउदै साउथ अष्ट्रेलियाका नेपाली समुदायलाई निकै उपयोगी हुने विश्वास लिएको संयोजक चापागाईले बताउनु भयो ।
अध्यक्ष अधिकारीले भित्ते पात्रो प्रकाशन चितवन समाजको एउटा वार्षिक कार्यक्रम बताउदै नयाँ बर्षमा सबैलाई जोड्दै यहा हुर्कदै गरेको नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परा बारेमा साक्षात्कार गराउने प्रयास रहेको बताउनु भयो ।
प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार ०५:५७