१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

जाेशी परिवारकाे हालीमुहाली रहेकाे छिमेक लघुवित्तबाट लगानिकर्ता फेरि ठगिए

२२ पुस, काठमाडाैँ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जाेशीकाे परिवारकाे हालीमुहाली रहेकाे छिमेक लघुवित्त वित्तीय संस्थाले फेरि एकपटक लगानीकर्तालाई ठगी गरेकाे छ । बम्पर लाभांशकाे नाममा छिमेकले लगानिकर्ता ठगेकाे हाे ।

बम्पर लाभांशकाे नाममा लगानिकर्ताले छिमेककाे सेयर किनेका थिए । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि घोषणा गरेको बोनस सेयर र नगद लाभांश नै नेपाल राष्ट्रबैंकले अस्वीकृत गरिदिएपछि लगानीकर्ता निराश बनेका छन ।

छिमेककाे सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्नेको प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले अस्वीकृत गरेपछि लगानीकर्ता जिल्लिएका छन ।

छिमेककाे लाभांश घाेषणापछि लगानीकर्ताले हानाथाप हुनेगरी सेयर खरिद गरेका थिए तर कप्पनीमा कमजाेर भएकाे अार्थिक अनुशानलाई कारण देखाउँदै राष्ट्र बैंकले प्रस्ताव अस्वीकृत गर्दा लगानीकर्ता निराश बनेका हुन । कम्पनी पछिल्लाे समय विवादित बनेकाे छ ।

याे पनि पढ्नुहाेस्

-छिमेक लघुवित्तमा जोशी परिवारको हालिमुहाली, करोडौँ रकम गैरसरकारी संस्थामा सारी भ्रष्टाचार

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार १७:३३