२३ चैत्र २०८१, शनिबार | Sun Apr 6 2025

सेयर बजारमा दोहोरो अंकले वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार

२० चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.३१ अकंले बढेर २७०१.४८ बिन्दुमा कायम भएको छ। आज ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोडको कारोबार भएको छ ।

आज बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको ०.५१ प्रतिशत, फाइनान्स समूहको ३.२६ प्रतिशत, होटल तथा पर्यटन समहको ०.५२ प्रतिशतले सेयरमूल्य बढेको छ । दोहोरो अंकले बढेको शेयर बजारमा विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । यस दिन बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १५:२५