आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२० चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन बजार २५.३१ अंकले बढेर २७०१.४८ को विन्दुमा बन्द भएको छ । आज सिइडिबी होल्डिङको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ५५ लाख ५२ हजार रुपैँया बराबरको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ६ लाख ५१ हजार, ङादी ग्रुप पावरको २७ करोड ३२ लाख ४९ हजार रुपैँया, एनआरएन इन्फ्रस्ट्रक्चरको २६ करोड ६६ लाख ६५ हजार रुपैयाँ, हिमालयन पावर पार्टनरको २४ करोड ४९ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १५:१८